आरटीआई दिवसमा राउण्ड टेबल नेपालद्वारा १२८५ पिन्ट रगत सङ्कलन

काठमाडौं । राउण्ड टेबल नेपालले राउण्ड टेबल अन्तर्राष्ट्रिय (आरटीआई) दिवसको अवसरमा १२८५ पिन्ट रगत सङ्कलन गरेको छ ।
नेपालमा रगत अभाव भइरहेका बेला आरटीआई पहलको समर्थनमा, राउण्ड टेबल नेपालले मार्च १२ देखि २४ तारिखसम्म रगत संकलन अभियान चलाएको हो । उक्त दिनसम्म आरटीआई दिवस मनाइएको थियो ।
१० दिनमा कुल १२८५ पिन्ट रगत सङ्कलन गर्न सक्षम भएका छौं भनेर जानकारी गराउन पाउँदा हामी उत्साहित छौं आरटीएनका अधिकारीले भनेका छन् । हामीले यो कार्यक्रम २०१४ देखि गर्दै आएका छौं। हामीले यस कार्यक्रममा अन्य कार्यक्रमहरू पनि थपेका छौं।