जानकी टेक्नोलोजी, स्प्याराे एसएमएसका सीईओ मनोज थापालाई प्रोफेशनल एक्सिलेन्स अवार्ड
काठमाडौं । जानकी टेक्नोलोजी, स्प्याराे एसएमएसका सीईओ मनोज थापालाई जालन्धरको लभली प्रोफेशनल युनिभर्सिटी परिसरमा व्यवसायिक उत्कृष्टता पुरस्कार प्रदान गरिएको छ । यो पुरस्कार आम आदमी पार्टी (आप) भारतका राज्यसभा सांसद अशोक मित्तल र लभली प्रोफेशनल युनिभर्सिटी (एलपीयू) का कुलपति रश्मी मित्तलले थापालाई प्रदान गरेका हुन् ।
व्यवसायिक उत्कृष्टता पुरस्कारले आफ्नो क्षेत्रमा असाधारण योगदान पुर्याएका व्यक्तिहरूलाई मान्यता दिन्छ। मनोज थापालाई प्राविधिक तथा दूरसञ्चार VASको क्षेत्रमा व्यावसायिक उत्कृष्टता देखाएको भन्दै सम्मान गरिएको हो ।
मनोज थापाले सन् २०१५ मा लभ्ली प्रोफेशनल युनिभर्सिटीबाट मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन पूरा गरेका थिए । उनी २०२२ मा जानकी टेक्नोलोजी, स्प्याराे एसएमएसमा प्रवेश गरे र त्यसपछि टेलिकम्युनिकेसन भीएएस स्पेसमा अग्रगामी नवीन उत्पादनहरूमा कम्पनीको नेतृत्व गर्दै आएका छन्।
उनको नेतृत्वमा, जानकी टेक्नोलोजी, स्प्याराे एसएमएस अघि बढेको र नेपालमा टेलिकम्युनिकेशन VAS समाधानहरूको एक अग्रणी प्रदायकको रूपमा स्थापित भएको कम्पनीले जनाएकाे छ। नेपालको प्राविधिक उद्योगको विकासमा पुर्याएको योगदानका लागि पनि उनलाई सम्मान गरिएको हाे।
‘प्रोफेशनल एक्सिलेन्स अवार्ड पाउँदा म सम्मानित छु,’ मनोज थापाले भने ।’ यो मान्यता जानकी टेक्नोलोजी, स्प्याराे एसएमएसमा सम्पूर्ण सदस्यको कडा परिश्रम र समर्पणको प्रमाण हो। हामी हाम्रा ग्राहकहरूलाई टेलिकम्युनिकेसन भिएएस स्पेसमा अत्याधुनिक समाधानहरू प्रदान गर्न जारी राख्नेछौं।’