कीर्तिपुर लोयल्सको आयोजनामा रक्तदान कार्यक्रम

काठमाडौं । पुष्प सदन आवासीय विद्यालयको एसएलसी ब्याच २०५६ को संस्था कीर्तिपुर लोयल्सको आयोजनामा पुष्प सदन विद्यालय र कीर्तिपुर नगरपलिकाको सहकार्यमा रक्तदान कार्यकम गरेको छ । कार्यकममा ९० जना व्यतिहरुले रक्त्तदान गरेका थिए ।
स्वर्गीय रिजन महर्जनको सम्झनामा नगर पलिकाकी उपमेयर तथा प्रवक्ता शुभ लक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा कार्यकम भएको हो । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष महेश श्रेष्ठ, ब्लड डोनर ऐसोसएिसन नेपालका कीर्तिपुर च्याप्टरका प्रेसिडेन्ट उज्वल महर्जन, ब्लड डोनर ऐसोसियसन नेपालका सल्लाकार ज्ञानुराजा महर्जन , प्रा. डा. लक्ष्मीबहादुर महर्जन तथा रन्जना महर्जन को उपस्थिति थियो ।