चार कम्पनीको बोनस शेयर सूचीकृत, कुन कम्पनीको कति ?
काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज ( नेप्से) मा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेको इन्स्योरेन्सको २६ लाख २४ हजार ८१८ दशमलव २० कित्ता, अपि पावरको २८ लाख ८३ हजार ६८६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
त्यस्तै, आरएसडिसी लघुवित्तको ६ लाख ४४ हजार १२१ दशमलव ५९ कित्ता र साधना लघुवित्तको ६ लाख १० हजार ३२८ दशमलव ४५ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएकाे छ।
यी चार ओटै कम्पनीको बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । साधना लघुवित्तले पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
त्यस्तै आरएसडिसी लघुवित्तले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर,अपि पावरले फागुन १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ५ प्रतिशत र नेको इन्स्योरेन्स कम्पनीले माघ १५ गते सम्पन्न वार्षिक साधारण सभबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएका हुन् ।