अरुण काबेली पावरले पायो रेटिङ्ग

काठमाडौं । इक्रा नेपाल लिमिटेडले अरुण काबेली पावर लिमिटेडलाई (इक्रा– आईआर बीबीबी) निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षीत मानिने छ ।
यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ । उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र हो र यो कुनै खास ऋणपत्र बिशेषको राय भने होइन ।