सानिमा रिलायन्स लाइफको सिइओ शिवनाथ पाण्डेले कार्यभार सम्हाले

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) शिवनाथ पाण्डे नियुक्त भएका छन् । साविकको सानिमा लाइफ र रिलायन्स लाइफ मर्जर पश्चात बनेको कम्पनी सञ्चालक समितिको बैठकले पाण्डेलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
नव नियुक्त सिइओ पाण्डेले आज सोमबार देखिनै कार्यभार सम्हालेका छन् । उनले आगामी ४ वर्ष कम्पनीको नेतृत्व गर्नेछन् ।
यस अघि उनी साविकको सूर्या लाइफ इन्स्योरेन्सको सिईओमा रहेका थिए ।
साविकको रिलायन्स लाइफ र सानिमा लाइफले चैत ९ गतेदेखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु गरेका छन् ।