लक्ष्मी इन्टर कन्टिनेन्टलले ल्यायो ‘हुन्डाईसँग नयाँवर्ष २०८०’ योजना
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेताले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै “हुन्डाईसँग नयाँ वर्ष २०८०” योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखि योजना यही चैत्र १३ गतेदेखि सुरु भएको छ ।
यस योजना अन्तर्गत, ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा दुई लाख रुपैयाँसम्मको छुट, नयाँ वर्ष बोनस ८० हजार रुपैयाँसम्म र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म जस्ता अकर्शक अफरहरू प्राप्त गर्न सक्नेछन् । यो योजनामा ग्राहकहरुलेगाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन् ।
सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन् । हुण्डाईले गएको महिना मात्रै VENUE र NIOS फेसलिफ्ट भर्जन लञ्च गरेको थियो । यस स्किमबाट हुण्डाईको कुनैपनि Hatchback, Compact SUV, SUV तथा EV गाडी खरिद गरि फाईदा लिन सक्नेछन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ ।