ग्रील व्यवसायीका जायज मागलाई सम्बोधन गराउन राष्ट्रपति समक्ष व्यवसायीहरुको आग्रह

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको प्रतिनिधि मण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । उक्त भेटमा महासंघका अध्यक्ष मोहन कटुवालले देशको पूर्वाधार विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका देशभर सञ्चालित एघार हजार भन्दा बढी ग्रील तथा स्टील व्यवसायीहरूले देशमा आवश्यक पर्ने सम्पूर्ण ग्रील जन्य सामानहरू तयार गरि सेवा प्रदान गर्दै आएको जानकारी गराए ।
उनका अनुसार एक लाख ६० हजारलाई प्रत्यक्ष रोजगारी दिई वार्षिक ६० अर्ब रुपैयाँ भन्दा बढीको कारोबार गरि राज्यलाई अर्बौँ राजस्व बुझाउँदै आएको छ । राज्यले यो व्यवसायलाई वैधानिकता प्रदान गरि व्यवस्थित र मर्यादित पेसाको रूपमा स्थापित गर्न तत्परता नदेखाउँदा व्यवसायीहरू निराश बनेका छन् ।
ग्रील व्यवसायीका जायज मागहरूलाई सम्बोधन गराउन र हाल देखिएको चर्को ब्याजदर घटाइ तरलता अभावका कारण अर्थतन्त्रमा देखिएको सङ्कट अन्त्य गर्न राष्ट्रपतिले विशेष भूमिका निर्वाह गरिदिन उनीहरूले आग्रह गरेका छन् । राष्ट्रपति भण्डारीले पछिल्लो समय ग्रील जन्य सामानको माग लोकप्रियता बढेको हुँदा समय सापेक्ष यसलाई परिष्कृत र परिमार्जित गरेर अगाडि बढाउन सुझाव दिए ।