सनी सेक्यूरिटिजद्धारा आयोजित मार्जिन ट्रेडिङ सम्बन्धी तालिम चितवनको दुई कलेजमा सम्पन्न
काठमाडौं । ग्लोबल मनि वक २०२३ को अवसरमा सनी सेक्यूरिटिजको आयोजनामा चैत्र १० गते चितवन स्थित बालकुमारी कलेज र प्रेसिडेन्सी कलेजमा मार्जिन ट्रेडिङ सफलताका साथ सञ्चालन गरेको छ ।
ट्रेडिङ बिहान ७ देखि ९ बजेसम्म बालकुमारी कलेजमा र बिहान ९ ३० देखि ११ ३० सम्म प्रेसिडेन्सी कलेजमा सञ्चालन गरिएको तालिममा कुल एक सय ६ जनाको सहभागिता रहेको थियो। उक्त कार्यक्रमहरूमा आधारभूत विश्लेषणका अनुपातहरू, मार्जिन ट्रेडिङ, म्युचुअल फण्ड तथा ऋणपत्र, शेयर बजारका जोखिम तथा जोखिम न्यूनीकरण लगायतका विषयहरूको चर्चा गरिएको थियो । कार्यक्रम विशेष गरी दोस्रो बजारमा लागिसकेका तथा शेयर बजारमा भविष्य खोज्ने युवाहरूका लागि धरै प्रभावकारी भएको कार्यक्रममा सहभागी एक लगानीकर्ताले जानकारी दिँदै आयोजकले बताएका छन् ।
साथै, साइन्टिफिक विजनेश हव प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तथा तालिमका प्रशिक्षक उत्सव ढकालले, युवाहरूमा आर्थिक र वित्तीय क्षेत्र सम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई व्यवस्थापन गर्ने र युवाहरूलाई सानै देखि आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तिय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरूको विकास गर्ने मनसायले यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको हो ।