बीवाईडीका लागि प्रभु बैंकले फाइनान्स सुविधा दिने
काठमाडौँ । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले बिद्युतीय सवारीका सहज फाइनान्सिड्डको लागि प्रभु बैंकसँग वित्तीय सम्झौता गरेको छ ।
ग्राहकहरुको माग पूरा गर्न प्रभु बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा बीवाईडी ब्रान्डका सवारी साधन खरिदका लागि सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ ।
साइमेक्स इंक प्रालिका प्रमुख बित्त अधिकारी मेमन धौगाडा भन्छन्, ‘बीवाईडी विश्वभर दिगो र किफायती यातायात समाधानहरु प्रदान गर्न प्रतिबद्ध छ । प्रभु बैंकसँगको यो साझेदारीले हामीलाई बिद्युतीय सवारीलाई नेपालमा उपभोक्ताहरु माझ थप पहुँचयोग्य बनाउँन मद्दत गर्नेछ ।’
बीवाईडी बिभिन्न मोडलहरुका बिद्युतीय सवारी साधनहरु उत्पादन गर्ने अग्रणी बिश्वव्यापी निर्माता हो । यसका बिद्युतीय सवारी साधनहरु विश्वसनीयता, सुरक्षा र कार्यसम्पादनका लागि परिचित छन् । नेपालमा बिद्युतीय सवारी साधनको बढ्दो मागँंगै यस साझेदारीले दिगो तथा गतिशील समाधानहरु अपनाउन प्रवर्धन गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।
प्रभु बैंकका उपभोक्ता बैंकिङ्ग प्रमुख वीरेन्द्र भट्ट भन्छन्, ‘प्रभु बैंकमा हामी दिगो विकासलाई समर्थन गर्न प्रतिबद्घ छौं । बीवाईडीसँंगको हाम्रो साझेदारीले हामीलाई बिद्युतीय सवारी साधनमा स्विच गर्न चाहने ग्राहकहरुको आवश्यकता अनुरुप वित्तीय समाधानहरु प्रदान गर्न सक्षम बनाउनेछ ।’
यस सहकार्य पश्चात् प्रभु बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि बीवाईडी डिलरबाट सवारी साधन खरिद गर्दा प्रभु बैंक लिमिटेडबाट सजिलै ८० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सक्नेछन् । साथै, सो कर्जा ५ वर्ष अवधिसम्म लिन मिल्ने प्रावधान गरिएको छ । प्रभु बैंकका देश भर ३६५ शाखा, ७१ एक्सटेन्सन काउन्टर र ३०९ एटीएम नेटवर्क छन् ।
साइमेक्सले नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी बीवाईडी एट्टो ३ (रु ६४.९० लाख), नेपालमा सबैभन्दा लामो रेन्ज प्रदान गर्ने बीवाईडी अल न्यु ई६ (रु.५९ लाख) मा बजारमा उपलब्ध गराइरहेको छ ।
केवल २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकहरुले अब भर्खरै लन्च गरिएको नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी बीवाईडी एट्टो ३ चाहिं. १२.९८ लाख वा बीवाईडी अल न्यु ई६ ११.८० लाख रुपैयाँमा खरिद गर्न सक्नेछन् ।