होण्डा टेक्निसियन स्किल कन्टेस्ट : केशव गजुरेलले जिते ३० हजार नगद

काठमाडौं । स्याकार ट्रेडिङ कम्पनी प्रालि सर्भिस डिभिजनको अगुवाइमा ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट–२०२३’ आयोजना गरिएको छ । होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सीप र दक्षता अभिवृद्धि गर्ने र बिक्री पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उदेस्यका साथ हरेक वर्ष यस्तो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
ललितपुरको ग्वार्को स्थित होण्डाको ट्रेनिङ सेन्टरमा आयोजित यस वर्षको कार्यक्रममा काठमाडौं, विराटनगर, जनकपुुर, पोखरा र भैरहवाबाट छनोट भएका २/२ जना प्रतियोगीहरु सहभागी थिए । प्रतियोगिता अवधि भर सहभागी टेक्निसियनहरु होण्डाको नियम तथा अनुशासन पालना गर्दै प्रतियोगितामा सहभागी भएका थिए । यस प्रकारको प्रतियोगिताबाट सहभागी टेक्निसियनहरुको कार्यदक्षता अभिवृद्धि हुनुको साथै आउँदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास कम्पनीले गरेको छ ।
प्रतियोगितामा बज्रअटो महराजगञ्जका केशव गजुरेल प्रथम भए । उनले ३० हजार नगदसहति प्रमाणपत्र हात पारे । एसटीसी पोखराका झलेन्द्र इटानी दोस्रो भए । उनले २० हजार नगदसहित प्रमाणपत्र हात पार्दा नौदेवी मोटर्स् विराटनगरका विनोद शर्मा तृतीय हुँदै १५ हजार नगद तथा प्रमाणपत्र प्राप्त गरे । कार्यक्रममा सहभागी अन्यलाई प्रमाणपत्र प्रदानग गरिएको थियो ।
नेपाल अटो मेकानिक्स ट्रेड युनियनका अध्यक्ष प्रदिप घिमीरे, नाडा नेपालका प्रकाश कपुरी लगायत स्याकार होण्डाका विभिन्न डिभिजन प्रमुखहरुको सहभागिता रहेको थियो ।