साईकल -याली गर्दै मनाईयो विश्व मुख स्वास्थ्य दिवस

चितवन । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले साईकल –यालीको आयोजना गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको छ । दिवसको अवसरमा जनचेतना जागृत गर्न साईकल –यालीको आयोजना गरिएको हो ।
अस्पताल प्राङ्गणबाट शुरु भएको साईकल –याली दीपेन्द्रचोक, लायन्सचोक, पुल्चो हुँदै गैंडाकोटको मौलाकालिका फेदी पुगेको थियो । उक्त –याली पुनः कलेज प्राङ्गणमा आएर समापन भएको थियो ।
–यालीमा सहभागीहरुले मुख स्वास्थ्य सम्बन्धी विभिन्न जनचेतनामूलक नारा अंकित प्लेकार्ड बोकेका थिए । हरेक वर्ष २० मार्चका दिन विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ ।