सानिमा मिडल तमोर हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुँदै
काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीको आइपीओ आज बुधबार चैत ८ गते बाँडफाँट हुँदैछ । बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम रहेको बिक्री प्रबन्धक सानिमा क्यापिटल मार्केटले जानकारी दिएको छ । सानिमा क्यापिटलको आफ्नै कार्यालय, नक्साल काठमाडौंमा बाँडफाँट गरिनेछ ।
यसको प्री–अलमेन्ट सम्पन्न भइसकेको छ । यता, सानिमा मिडलको आइपीओ हात पार्न भाग्यकै भर पर्नुपर्नेछ । यो आइपीओमा मागभन्दा ३.८२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।