आज बैंक तथा वित्तीय संस्था खुला हुने
काठमाडौं । आज चैत ७ गते घोडेजात्राको दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्थाहरु भने खुला रहनेछन् ।
केन्द्रीय बैंकले उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको हो ।
सूचनामा भनिएको छ, ‘घोडेजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (इसीसी), आरटीजीएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ ।’