उपत्यकामा सार्वजनिक बिदा भएपछि नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडौं । घोडेजात्राको दिन आज चैत ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।
यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ । काठमाडौंमा दिइने सार्वजनिक बिदाका कारण समग्र देशभरकै कारोबार रोकिने गरेको छ । यो कतिको उचित भन्दै अहिले प्रश्न उठ्न थालेको छ ।