सिटी होटललाई आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

काठमाडौं । सिटी होटलले आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । होटलले १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न नियामक नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १६ लाख ७४ हजार कित्ता आइपीओ जारी गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।