एनआईबिएल एस क्यापिटलकाे बिराटनगरमा ‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न
काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्यान- कोशी प्रदेश कमिटि र पायोनियर ल एसोसिएट्सको सहकार्यमा गत सोमबार बिराटनगरको बञ्जारा चोकमा रहेको होटल ह्यारिसन प्यालेसमा ‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न भएको छ ।
एनआईबिएल एस क्यापिटल लिमिटेड, ACAN ( कोशी प्रदेश कमिटि र पायोनियर ल एसोसिएट्सले कोशी प्रदेशका कर्पोरेट हाउसेस, उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रहरूलाई आईपीओ निष्कासनको प्रक्रियामा चाहिने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउन यस्तो कार्यशाला आयोजना गरेको हो।
कार्यक्रममा पायोनियर ल एसोसिएट्सका म्यानेजिङ पार्टनर अनुपराज उप्रेती र एनआईबिएल एसक्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगानाको प्रस्तुति रहेको थियो ।
उक्त कार्यशालाले कानूनी पक्ष, संस्थागत सुशासन, पुँजी संरचना, आईपीओ मूल्य निर्धारण, साइज
समयरेखा र विधिहरूमा केन्द्रित रहेको आईपीओ सम्बन्धी ज्वलन्त उधाहरणहरु समेटेको थियो ।