उपराष्ट्रपतिको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा: निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले भोलि हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन सम्बन्धित सबै पक्षमा आग्रह समेत गर्नु भएको छ ।
मतदानका लागि बिहान १० देखि अपरान्ह ३ बजेसम्म समय तोकिएको छ । मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु भइसकेकाले आचारसंहिता विपरित कार्य नगर्न र नगराउन पनि आयोगले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।