‘खल्ती’ वीरगन्ज उद्योग वाणिज्य संघद्वारा सम्मानित

काठमाडौं । वीरगन्ज उद्योग वाणिज्य संघ (वीउवासंघ) को ४७ औं साधारण सभामा खल्ती सम्मानित भएको छ । खल्तीको तर्फबाट सह-संस्थापक अमित अग्रवालले यो सम्मान ग्रहण गरेका थिए । नेपालको व्यापारिक इकोसिस्टममा योगदान स्वरूप सम्मान गरिएको संघले जनाएको छ ।
अग्रवालले भने, “वीरगंज उद्योग वाणिज्य संघ (वीउवासंघ) द्वारा सम्मानित हुनु हामी सम्पूर्ण खल्ती परिवारकालागि गर्वको कुरा हो। हाम्रो मिहिनेतको कदर गर्दै प्रदान गरिएको यस सम्मानले हामी माझ अझ धेरै हौसला ल्याएको छ। आगामी दिनहरूमा पनि वित्तीय समावेशीकरण प्रदान गर्ने को हाम्रो उद्देश्य लाई लिई अघि बढ्नेछौं। “