विवाह वर्षगाँठको अवसरमा जीवन बीमा पोलिसी उपहार

काठमाडौं । विवाह वर्षगाँठको अवसरमा जीवन बीमा पोलिसी उपहार दिइएको छ । विराटनगरका यसोधा पोखरेल भट्टराई र उज्ज्वल भट्टराईको १२ औं वैवाहिक बर्ष गाँठमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिइएको हो ।
वैवाहिक बर्ष गाँठको अवसर पारेर श्रीमान् उज्ज्वल भट्टराईले आफ्नी श्रीमती यसोधा पोखरेल भट्टराईलाई ३० लाख रुपैयाँ बीमाङ्क रकमको सो जीवन बीमा योजना प्रदान गरेका हुन् ।
जीवन बीमा हस्तान्तरण कार्यक्रममा प्रभु लाइफका तर्फबाट प्रदेश प्रमुख पुष्कर भट्टराई, शाखा प्रमुख प्रशान्त पाण्डे लगायतको उपस्थिती रहेको थियो । श्रीमती यसोधा पोखरेल भट्टराई प्रभु लाइफको एजेन्सी म्यानेजर समेत हुन् ।