आईएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवा सम्बन्धी सम्झौता

काठमाडौं । आईएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार विदेशबाट नेपाल रेमिट मार्फत पठाइएको रेमिट्यान्स अब ग्राहकहरुले सिधै आईएमई पे वालेटबाट प्राप्त गर्न सक्नेछन् ।
विदेशमा रहेका व्यक्तिले आफूलाई सहज पर्ने नेपाल रेमिटको साझेदार मार्फत नेपालमा रहेका आफन्तलाई पठाएको रकम सजिलैसँग आईएमई पेमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।