एसियन लाइफ इन्सुरेन्सले घोषणा गर्यो बोनस सेयर

काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । एसियनले ८.५०% बोनस सेयर र कर तिर्न ०.४४७% नगद गरी कुल ८.९४७% लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको आज (फागुन ३० गते) बिहान बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई यो लाभांश दिने निर्णय गरेको हो ।
अब नियामक निकाय बिमा प्राधिकरण र आगामी साधारण सभाले अनुमोदन गरेपछि लाभांश वितरण प्रक्रिया अघि बढ्नेछ । गत वर्ष एसियनले १४.५०% बोनस सेयर र कर तिर्न ०.७६% नगद गरी कुल १५.२६% लाभांश वितरण गरेको थियो ।