फाइनान्स कम्पनीहरुले घटाए निक्षेपको ब्याज दर

काठमाडौं । वाणिज्य बैंक र विकास बैंकपछि फाइनान्स कम्पनीले पनि निक्षेपको ब्याज घटाउने निर्णय गरेका छन् । फाइनान्स कम्पनी संघको वैठकले मुद्दति निक्षेपको ब्याज दर ०.२०% विन्दुले घटाउने निर्णय गरेको हो । फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले एक वर्षको मुद्दति निक्षेपको ब्याज दर ०.२०% बिन्दुले घटाउने निर्णय गरेको बताए ।
संघले तीन महिनामाथिको निक्षेपको ब्याज दर ०.१५% विन्दुले घटाउने निर्णय गरेको छ । अहिले फाइनान्स कम्पनीहरुले एक वर्षको मुद्दति निक्षेपमा १२.१०% ब्याज दिंदै आएकोमा चैत १ गतेदेखि ११.९०% ब्याजदर दिने निर्णय गरेको हो ।
फाइनान्स कम्पनी संघले बचतको ब्याज दरमा कुनै सहमति गरेको छैन । कम्पनीहरुले आफ्नो सहजताका हिसाबले बचतमा ब्याज दिन सक्ने छन्’ उनले भने । वाणिज्य बैंकहरुले चैत १ गतेदेखि लागू हुने बचतको ब्याज दर मात्र घटाएका छन् । विकास बैंकहरुले भने मुद्दति र बचत दुबैको घटाएका छन् ।