टाटा मोटर्सद्वारा देशभर एक्सचेञ्ज क्याम्प सञ्चालन
काठमाडौं । टाटा मोटर्सले आफ्ना देशभरका शोरुमहरुमा “द इलेक्ट्रिफाइङ एक्सचेञ्ज” क्याम्प सञ्चालन गरेको छ । २६ फागुनदेखि सुरु भएको यो क्याम्प २८ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरुमा यो क्याम्प सञ्चालन भइरहेको हो ।
एक्सचेञ्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
बजारको मूल्य भन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा निःशुल्क गाडीका लागि उपयुक्त पार्टपूर्जा पनि पाइने कम्पनीले जनाएको छ ।
टाटा मोटर्सको नेक्सन ईभी र टिगोर ईभीको माग बढ्दो क्रममा रहेको र यही मागलाई अझ सुलभ बनाउन चालु अवस्थामा रहेका गाडीहरुसँग टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक ईभीसँग साट्न सकिने छ र त्यसका साथै विभिन्न अफरहरु पनि प्राप्त गर्न सकिने कम्पनीले बताएको छ।