एमभी दुगडले ल्यायो विद्युतीय स्कुटर जेसिट्स, यस्ता छन् विशेषता
काठमाडौं । एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिद्वारा चर्चित इन्डोनेसियन विद्युतीय ‘टु ह्विल्स’ ब्राण्ड ‘जेसिट्स’ नेपालमा पहिलो पटक उत्कृष्ट वटा रंगमा आज सार्वजनिक भएको छ । ग्राहकहरुको माग, चाहना, आवश्यकतालाई मध्येनजर गर्दै एमभी दुगड ग्रुपले विद्युतीय सवारी साधन ल्याएको हो ।
आफ्नो सहभागी जनाउदै विश्व प्रख्यात इन्डोनेसियन ब्राण्ड ‘जेसिट्स’ स्कुटरले नेपालमा पहिलो पटक सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गले एक कार्यक्रमका बीच विद्युतीय स्कुटर सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड़, डाइरेक्टर विजय महतो र ‘जेसिट्स’ ब्राण्डको एमभी दुगड ग्रुप नेपालका लागि प्रमुख कनक जमरको उपस्थिति रहेको छ । कार्यक्रम नक्साल अवस्थित ‘जेसिट्स’को अत्याधुनिक नयाँ सोरुममा आयोजना गरिएको हो ।
यो स्कुटरको मूल्य तीन लाख ४० हजारदेखि चार लाख ६० हजार रुपैयाँसम्म पर्छ । स्कुटर रातो, सेतो र कालो गरी ३ वटा रंगमा उपलब्ध छ । नेपालमा उपलब्ध भएको अहिलेसम्मको सबै भन्दा ठूलो टायर भएको विद्युतीय स्कुटर हो । अन्य स्कुटरमा नभएको मोनो सोक्स यस स्कुटरमा रहेको छ । जसले गर्दा ग्राभेल सडक तथा खाल्डा खुल्डी बाटोमा चलाउँदा समेत बढी लचकता हुने भएकोले आनन्दको महशुश हुने कम्पनीले जनाएको छ ।