कालिञ्चोक हाईड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त

काठमाडौं । कालिञ्चोक हाईड्रोपावर लिमिटेड र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच आईपीओ निष्काशन तथा बिक्री प्रबन्धककोलागि सम्झौता भएकाे छ । दोलखाको बिगु गाउँपालिका वडा नं. ८ मा निर्माणधीन ५ मेगावाट क्षमताको कालिञ्चोक हाईड्रोपावरको ६ लाख कित्ता साधारण शेयर निष्काशन गर्नकोलागि फागुन २९ गते सम्झाैता भएकाे हाे ।
सर्वसाधारणमा जारी गर्नको लागि प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिएकाे हाे ।
सो सम्झौता – पत्रमा कालिञ्चोक हाईड्रोपावरका कालिञ्चोक हाईड्रोपावरका अध्यक्ष ईन्दिरा पन्त र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंकको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।