२४.६८ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब १६ करोड

काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार सोमबार २४.६८ अंकले घटेर बजार परिसूचक १९५१.२१ को विन्दुमा आइपुगेको छ ।
सोमबार दोस्रो बजारमा कारोबारमा आएका २५६ कम्पनी मध्ये १८७ कम्पनीको सेयर मूल्य घटेको छ भने २४ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । यस्तै पाँच कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन । आज कुल ३३ लाख ६९ हजार १३६ कित्ता सेयर २६ हजार ८५० पटक कारोबार हुँदा कुल कारोबार रकम एक अर्ब १६ करोड २५ लाख रुपैयाँ बाराबर रह्यो ।
सोमबारको दोस्रो बजारमा शुभम् पावर लिमिटेड, युनिक नेपाल लघुवित्त र ग्रिन भेन्चर लिमिटेडका लगानीकर्ता बजारबाट नाफा कमाउनेमा परे भने खप्तड लघुवित्त, आदर्श लघुवित्त र हिमालयन बैंकका लगानीकर्ताले बजारबाट धेरै गुमाए । घटेको बजारमा एनआईसी एशिया बैंकको सेयर सबैभन्दा धेरै ६ करोड २४ लाख रुपैयाँ बाराबर कारोबार भयो भने दोस्रो धेरै कारोबार हुनेमा शिवम् सिमेन्ट रह्यो । कारोबारमा आएका १३ वटै उपसमूह राताम्मे भए ।