सुरू भयो पोखरामा रात्रिकालीन उडान, चार विमानस्थलबाट एक साथ सुरू

काठमाडौं l पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ।निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार रातिदेखि चार गन्तव्यबाट रात्रिकालीन उडान सुरु गरेको हो।
काठमाडौं,भद्रपुर,भैरहवा र नेपालगञ्जबाट पोखरामा रात्रिकालिन उडान भएको हो।यी चारै गन्तव्यका जहाजको रात्रि बिसान पोखरामा भएको छ। यसबाट साँझको समयमा पोखरा जाँदा केही दिनको बसाई तथा घुमफिरबाट बिहानै ती गन्तव्यमा फर्कन सहज भएको जनाइको छ।यस यसले आन्तरिकका साथै बाह्य पर्यटकहरुलाई सजिलो हुने भएकाे छ।
आईएफआर उडान नहुँदा पोखराको उडान दिउँसो ४ बजेसम्म मात्र सीमित भएको थियो।अहिले काठमाडौंबाट ४ बजेपछि ३ उडान राखिएको छ। यसैगरी पोखराबाट काठमाडौंको उडान साँझसम्म राखिएको छ।बुद्ध एयरले काठमाडौंपछि पोखराबाट देशका विभिन्न गन्तव्यलाई सिधा उडान भर्ने योजना अनुरुप अहिले नेपालगञ्ज,भैरहवा,भद्रपुर र चितवनलाई जोडेको छ।
रात्रिकालीन उडानको समय
- भद्रपुर–पोखरा साँझ ६ः५५ बजे
- भैरहवा–पोखरा साँझ ७ः२५ बजे
- नेपालगञ्ज–पोखरा साँझ ७ः३० बजे
- काठमाडौं–पोखरा साँझ ७ः३५ बजे