तल्लो इन्द्रावती जलविद्युत आयोजना र विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले (एनएचपीसी) ले निर्माण गरिरहेको तल्लो इन्द्रावतीको जलविद्युत आयोजना र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्बन्धी सम्झौता भएको छ । बिहीबार दुई पक्षबीच बिद्युत खरिद बिक्री सम्झौता भएको हो ।
४.१५ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माणको काम भइरहेको छ । एनएचपीसीले १४ मेगावाटको लोअर इर्खुवा खोला पनि नर्मिाण गर्दैछ । इखुवा खोलामा माछापुच्छ्रे बैंकको अगुवाइमा १ अर्ब ६८ करोड ऋण दिन सहमति भइसकेको छ । उक्त आयोजना निर्माणका लागि २ अर्ब २० करोड लाग्ने अनुमान गरिएको छ ।