गायक राजेशपायल राईले प्रेमिका साङबुङसँग गरे विवाह दर्ता

काठमाडौँ । गायक राजेशपायल राई र उनकी प्रेमिका साङबुङ राईले विवाह दर्ता गराएका छन् । उनीहरुले गत मंसिर २६ गते काठमाडौँ महानगरपालिका-३१ को वडा कार्यालयमा विवाह दर्ता गरेका हुन् ।
यसअघि उनीहरुले गत भदौ १ गते विवाह गरेको पाइएको छ । लामो समयदेखि लिव-इन रिलेसनमा बस्दै आएका उनीहरुको एक सन्तान भएपछि विवाह गरेका थिए । लामो समयदेखि सँगै बस्दै आएपनि राजेशपायल राईले आफूलाई अविवाहित बताउँदै आएका थिए ।
साङबुङ एक फ्यानको रुपमा राजेशपायलसँग नजिकिएकी थिइन् । दुवै एक–अर्काप्रति आकर्षित भएपछि यो जोडी लिव-इन रिलेसनमा बस्दै आएको थियो ।