महेश बस्नेतलाई भेट्न गुन्डु पुगे बालेन साह

भक्तपुर । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग भेटघाट गरेका छन् ।
बुधबार सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित नेता बस्नेतको निवासमा साह पुगेका हुन् । साह र बस्नेतबीचको छलफल काठमाडौँ र भक्तपुरको विकास र देखिएका समस्या समाधानमा केन्द्रित रहेको थियो ।
मेयर साहले केही स्थानीय विकास तथा पुनर्निर्माण गरिएका अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथिभरा मन्दिर, निर्माणाधीन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकन समेत गरे ।