प्रचण्ड विरुद्धको रिट इमोस्नल ब्ल्याकमेलिङ– मेटमणि चौधरी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं पूर्वमन्त्री मेटमणि चौधरीले प्रचण्ड विरुद्ध सर्वाेच्चमा दर्ता गरिएको रिट केवल ब्ल्याकमेलिङ भएको बताएका छन् ।
‘कमरेड प्रचण्ड विरुद्ध सर्वाेच्चमा परेको रिट र हुन सक्ने संभावनाको विषय केवल भ्रमित पार्ने कुरा मात्रै हो । तत्कालीन समयमा संयुक्त राष्ट्र संघको रोहबरमा नेपाल सरकार र विद्रोही पक्षबिचमा प्रकिया मिलाएर टुङ्गोमा पुर्याउने विषय हो । हो केही काम बाँकी छन् । यो सरकारले नै टुङ्गोमा पुर्याउने विषय हो ।’ चौधरीले समाजिक संजालमा लेखेका छन् ।
पूर्व मन्त्री समेत रहेका चौधरीले यसबाट कसैलाई पनि खुसी हुन जरुरी नभएको स्पष्ट पारेका छन् ।
‘यो फगत भ्रम हो । राष्ट्रपति चुनाव अगाडि गरिएको प्रोक्सि लडाइँ हो ।’ उनले फेसबुकमा लेखेका छन् ।