ग्लोबल आईएमई बैंकद्वारा डिजिटल होली योजना सार्वजनिक
काठमाडौं । ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ्ग एप्लिकेशन तथा क्यूआर पेमेन्ट प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ । यो योजना अन्तरगत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ ।
यस योजनाअन्तर्गत २०७९ सालको होलीपर्व अर्थात् फाल्गुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकहरुले “जीआईबीएल– आफ्नो मनपर्ने रङको नाम” लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत (रु १५० सम्म) क्यासब्याक पाउनेछन् ।
बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक आफ्ना ग्राहकहरुलाई हर्षोल्लासका साथ–साथै सुरक्षित तरिकाले होली पर्व मनाउनका लागि समेत आग्रह गर्दछ ।
ग्लोबल आइएमई बैंकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रसहित ४० लाख भन्दा बढि ग्राहकहरू रहेका छन् ।