अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइसिटी क्षेत्रका १०१ महिलालाई सम्मान गर्दै डब्लुआइआइटी
काठमाडौं। वुमन इन इन्फरमेसन टेक्नोलोजी (डब्लुआइआइटी)ले अन्तर्राष्ट्रिय महिला दिवस २०२३ को अवसरमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रका एक सय एक महिलालाई सम्मान गर्ने भएको छ।
सञ्चार तथा सूचना प्रविधि क्षेत्रका महिलालाई पहिचान गर्दै पुस्तक प्रकाशन र सम्मान कार्यक्रम यही फागुन २४ गते होटल हायात प्लेसमा आयोजना हुनेछ। प्रविधिलाई प्रयोग गरी कसरी लैंगिक समानता ल्याउन सकिन्छ भन्ने बारेमा ‘डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर इक्वालिटी’ विषयमा कन्फ्रेन्सको पनि आयोजना हुने डब्लुआइआइटी सस्थाका अध्यक्ष गुणकेशरी प्रधानले जानकारी दिए। उक्त कार्यक्रममा प्रतिनिधि सभाका सांसद सुमना श्रेष्ठ ‘कि(नोट’ बक्ताको रुमा रहेनेछिन्।
उक्त कन्फ्रेन्समा एसिया प्यासिफिक टेलिकम्युनिटीकी पूर्वकार्यक्रम संयोजक एलिसाराज भण्डारीले आइसिटीमा लैङ्गिक समानता प्रवर्द्धन गर्न विश्वव्यापी पहलहरूको बारेमा प्रस्तुति दिने बताइएको छ।
यस्तै वायरलेस सेवा निर्देशनालय, नेपाल टेलिकमकी निर्देशक, मिनु प्रधानले फाइभजी प्रविधि र त्यसको प्रभावले स्मार्ट शहर, स्मार्ट समुदाय, स्मार्ट परिवार जस्ता साँच्चै स्मार्ट समाजको विकासमा फाइभीले ल्याउने लैंगिक समानताको बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन्।
कन्फ्रेन्सको प्रमुख अतिथिका रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मन्त्री रेखा शर्माको उपस्थिति रहने बताइएको छ। यस सम्मेलनमा १०१ जना आइसिटी क्षेत्रका महिलाहरुको बारेमा समावेश भएको किताबसमेत सार्वजनिक गरिने सूचना प्रविधिमा महिला अर्थात डब्लुआइआइटी सस्थाका उपाध्यक्ष शिला कंसकार कार्कीले बताइन्।
वुमन इन इन्फरमेसन टेक्नोलोजी अर्थात सूचना प्रविधिमा महिला (डब्लुआइआइटी)को आयोजनामा हुने उक्त कार्यक्रमलाई नेपाल टेलिकम इन एसोसिएसन विथ र लिभिङ विथ आइसिटी सहयोगी सस्थाका रूपमा सहकार्य रहेको छ।