होलीकोअवसरमा बिजबजारमा छुट
काठमाडौँ । ई–कमर्स प्लेटफर्म बिजबजारले प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने “२० मा बजी” नामक अभियानअन्तर्गत फागुन १९ गते राति १२ बजे देखि २० गतेसम्म लाइभ गर्ने भएको छ । केही योजनाहरू फाल्गुन २५ गते सम्म उपलब्ध हुने तथा यस पटकको २० मा बीज होली पर्वलाई लक्षित गरिएको कम्पनीले बताएको छ ।
यही फाल्गुन २० गतेका दिन बिजबजारले अपराह्न ६ बजे देखि आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले डिस्काउन्ट कुपन तथा मोबाइल टप अप जित्न सक्नेछन्।
सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस Campaign अन्तर्गतको Electronics: Hi-Tech Holi योजनामा ५० प्रतिशत सम्म, Apparel: Splash into Style योजनामा ६० प्रतिशत सम्म, Home Decor & Furniture: Holi-fy your Home योजनामा ५० प्रतिशत सम्म, Health & Beauty: Color Me Happy योजनामा ५० प्रतिशत सम्म र Women’s Day Special: Holi with Her योजनामा ६० प्रतिशत सम्म छुट सहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।
साथै सेवाग्राहीहरूले फाल्गुन २० र २१ गतेको प्रत्येक अडरमा नेपाल भरि डेलिभरी शुल्कमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।