टीसीएलद्वारा नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालन

काठमाडौं । ओम्डियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले १५ फागुनदेखि सीमित अवधिका लागि एसीका ग्राहकहरुलाई लक्षित गरी नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालन गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा उक्त पुरानो एसीको उचित मूल्यांकनका साथ टीसीएलको उच्च गुणस्तरिय एसीसँग साट्न सक्नेछन् ।
यो सुविधा र सर्भिस लिनका लागि ग्राहकहरुले फोन नं. ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेल मार्फत आफ्नो जानकारी रजिष्टर गराउनु पर्नेछ । यो सुविधा ग्राहकवर्गहरुले घरमै बसीबसी लिन सक्नेछन् ।
यस याेजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ टीसीएल एसी खरिद गर्दा २५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ । नयाँ टीसीएल एसीहरुमा ५ वर्षको कम्प्रेसर वारेण्टी रहेको छ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङ्गाल, कुमारीपाटी, भक्तपुर राधेराधे, कीर्तिपुर, रविभवन, हातिगौंडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।