हायरले सार्वजनिक गर्यो ‘माइको वेभ ओभन’

काठमाडौँ । बहुराष्ट्रिय कम्पनी हायरले नेपाली बजारमा आफ्नो नयाँ प्रोडक्ट लाइनअपको रुपमा माइकोवेभ ओभन सार्वजनिक गरेको छ । कम्पनीले राजधानीमा आयोजित नेपाल भरिका १०० भन्दा बढी डिलरहरुको उपस्थितिबीच नयाँ रेन्जका माइकोवेभ ओभन सार्वजनिक गरेको हो ।
आफ्नो उच्च प्रविधिले भरिएका स्तरीय र प्राविधिक रुपमा विशिष्ट उत्पादनहरुमार्फत हायर विश्व बजारमा निकै लामो समयदेखि लगातार नम्बर १ घरायसी उपकरण (होम अप्लायन्स) ब्रान्डको रुपमा स्थापित हुन सफल भएको छ । विश्व भरीका ग्राहकहरुको चाहाना र आवश्यकतालाई संबोधन गर्न कम्पनीले आफ्नो मुख्य उत्पादनको रुपमा रेफिजेरेटर, वाशिमेशिन, टेलिभिजन, चेस्टफिज, एसी, वाटरहिटर लगायतका विभिन्न सामग्रीहरु बजारमा उपलब्ध गराउदै आएको छ ।
हायरको लागी नेपालको एकमात्र आधिकारीक वितरक नियोटेरिक नेपालले माइकोवेभ सार्वजनिक गर्ने कममा हायर एप्लायन्स इन्डियाका निर्देशक मोहित भेल्करले भने ‘हामी विश्व भर १६० भन्दा बढी देशहरुमा पँहुच विस्तार गर्दै एप्लायन्स प्रोडक्टमा लगातार १४ वर्ष नम्बर १ ब्रान्डको रुपमा स्थापित हुन सफल भएका छौं ।’ हालै सम्पन्न एक कार्यक्रममा रेफ्रिजेरेटर अवार्ड जित्न सफल भएकोमा हामी गौरवान्वित भएका छौं ।’
हायरका लागी नियोटेरिक नेपालका महाप्रबन्धक भाष्कर मुनाकर्मीले नेपालमै पहिलो हायर च्यानल पार्टनर मिट आयोजना गर्न पाउँदा उत्साहित भएको बताए । उनले भने ‘हाम्रा सम्पूर्ण डिलर, अतिथि र सहभागी सम्पूर्णलाई कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सहयोग गरेकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।’