नेसनल माइक्रोफाइनान्सको लाभांश संशोधन |
काठमाडौँ । नेसनल माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । यसअघि प्रस्ताव गरिएको ३८.५% बोनस सेयर संशोधन गरेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरिएको संस्थाले जनाएको छ ।
अब यसले सेयरधनीलाई चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको ३४.४५% लाभांश दिने घोषणा गरेको छ । उक्त लाभांश राष्ट्र बैंक र यस लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।