अब क्यू आरबाट नेशनल लाईफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानी गर्न मिल्ने |
काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुलाई उच्चतम प्रविधिमा आधारित सर्व सुलभ सेवा प्रदान गर्ने उदेश्यले कम्पनीको सबै शाखा मार्फत फोनपे नेटवर्कमा आवद्ध वित्तिय संस्था वा इसेवाको माध्यामबाट डाइनामिक क्यू आर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काको समुपस्थितीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको लाजिम्पाट स्थित केन्द्रिय कार्यालयमा एक समारोह बिच सो सेवाको औपचारिक शुरुवात गरिएको छ ।
यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहकहरुले नगद रहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरिएको छ ।