पार्किङ नदिएको भन्दै दरबारमार्गका व्यवसायीले सटर बन्द गरेर सुरु गरे आन्दोलन |
काठमाडौँ । पार्किङ गर्न निदिएको भन्दै दरबारमार्गका व्यवसायी आन्दोलित भएका छन् । सोमबार दरबारमार्ग क्षेत्रका सबै सटर बन्द गरेर काठमाडौं महानगर विरुद्ध आन्दोलन सुरु गरेका हुन् ।
काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रको सडक किनारमा पार्किङ निषेध गरेपछि व्यवसायीले काठमाडौं महानगरका मेयर बालेन शाह विरुद्ध नाराबाजी गरेका छन् ।
दरबारमार्ग विकास बोर्डको आयोजनामा भएको आन्दोलनमा पार्किङ निषेध गर्दा चहलपहल घटेर दरबारमार्ग सुनसान भएको र कारोबारमा पनि कमी भएको व्यवसायीहरुको गुनासो छ ।
यस अघि बागबजार लगाएतका क्षेत्रमा पनि महानगरले पार्किङ प्रतिबन्ध लगाएको थियो । पार्किङ प्रतिबन्ध लगाएपछि सबै व्यवसायी आन्दोलित बनेको छ । व्यवसायीले महानगरसँग बैकल्पिक पार्किङकाे माग राखेको छ ।