पोखरा रोयलको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न |
कास्की । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले आव २०७९/०८० नीति तथा कार्यक्रम र वजेटको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । आइतबार संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा संस्थाको अर्धवार्षिक समीक्षा गोष्ठीमा सम्पन्न भएको हो ।
गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले संस्थाको वित्तीय अवस्था, विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीमा संस्थाको वर्तमान योजना र रणनीति सहितका सम्भावित उपायहरुका बारेमा जानकारी सहितको प्रतिवेदन पेश गरेका थिए ।
संस्थाले आर्थिक वर्षको ६ महिनाको अवधिमा अधिकांश लक्षित योजनाहरु हासिल गरेको, २५ प्रतिशत तरलता कायम गर्न सफल रहेको र कूल सम्पत्तिमा वृद्धि गर्न सफल रहेको छ ।
गोष्ठीमा संस्थाका सल्लाहकार डा कालु शर्मा सुवेदी, उपाध्यक्ष क्याप्टेन चन्द्रप्रसाद गुरुङ्ग, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक हर्कबहादुर गुरुङ्ग र मूख्य प्रवन्धक मीलन ढकाल लगायतले संस्थाले लिएको रणनीति र योजना सफल बनाउन आ आफनो तर्फबाट लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।
रोयल दिदिबहिनी किचनको सभाहलमा सम्पन्न गोष्ठीमा संस्थाका सञ्चालक, लेखा तथा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु र अधिकृत स्तरका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।