शुभगृह इन्स्टिच्युटको ब्रान्ड एम्बेसडरमा सुरज सिंह ठकुरी |
काठमाडौँ । शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीले आज आयोजित एक हस्ताक्षर समारोहका बीच नेपालका एक बहुमुहखी मिडिया व्यक्तित्व सुरज सिंह ठकुरीलाई आफ्नो बोर्डमा ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ ।
‘जेन्युन सिन्स २०१४’ को नारा बोकेको शुभगृहले विद्यार्थीहरुलाई उचित सहयोग र परामर्श प्रदान गर्ने, उनीहरुको बौद्धिक जिज्ञासालाई उत्प्रेरित गर्ने विश्वव्यापी मान्यता र सहकार्यको संस्कृतिलाई बढावा दिइ आफ्नो सेवा प्रदान गरिरहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुरज सिंह ठकुरीले भने, “शिक्षा वा सामान्य जीवनमा सफल हुनको लागि आफ्नो दृढ संकल्पको शक्तिमा विश्वास गर्नुपर्छ भन्ने मेरो मान्यता छ । यदि तपाईले यसलाई लगनशीलता र वास्तविकतासंग जोड्नुभयो भने कुनै पनि कुरा असम्भव छैन । अष्ट्रेलिया, क्यानाडा, युरोप, संयुक्त राज्य अमेरिका वा युनाइटेड किंगडममा अध्ययन गर्ने विद्यार्थीहरुको सपना पूरा गर्न शुभगृहले ठूलो योगदान पुर्याएको छ । म यस लगनशील टीमको हिस्सा हुन पाउँदा उत्साहित छु र विद्यार्थीहरुलाई शुभगृहमा उनीहरुको लक्ष्य प्राप्त गर्न सहयोगका लागि तत्पर छु ।“
“लक्ष्य प्राप्तीका लागि इच्छुक विद्यार्थीहरुलाई कसरी शुभगृहले सधैँ सम्मान गरेको छ भन्ने भावनालाई सुरज सिंह ठकुरीले पूर्ण रुपमा बुझेका छन् । उनले सही मनोवृत्ति, ठूला सपना र सच्चा सल्लाहकारको साथ भएमा जो कोही पनि सफल हुन सक्छन् भन्ने प्रमाणित गरेका छन् । हाम्रो ब्रान्ड एम्बेसडरको रुपमा उनलाई स्वागत गर्न पाउँदा हामी गर्वित छौँ,“ शुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सुभेन्द्र थापाले भने ।
साथै, उनले भने, “विश्वभर धेरै विकल्पहरु बढे संगै नेपाली विद्यार्थीहरुसंग उच्च शिक्षा हासिल गर्न पहिलेभन्दा धेरै जानकारी र स्रोतहरु पनि बढेका छन् । संसारमा मान्यता प्राप्त उच्च शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीहरुको विश्वव्यापी उपस्थितिले उनीहरुको क्यारियरको लागि उत्कृष्ट प्लेटफर्म सिर्जना गर्नेछ भन्ने मेरो अनुमान छ । शुभगृहमा हाम्रो लक्ष्य भनेको नेपाली विद्यार्थीहरुलाई अहिले र भविष्यमा उच्च स्तरको अन्तर्राष्ट्रिय शिक्षामा पहुँच प्राप्त गर्न सक्षम बनाउनु हो ताकि उनीहरुले आफ्नो देश र विश्वको विकासमा योगदान दिन सकून् ।“
शुभगृहमा संस्थापक श्रीमती सुगन्ध थापाले आवेदकहरुको लक्ष्य जेसुकै रहे पनि कम्पनीले उनीहरुलाई आफ्नो लक्ष्यमा पुग्नको लागि सही बाटो प्रदान गर्ने विश्वास राख्छिन् ।
शुभगृह अष्ट्रेलिया, क्यानडा, युरोप, बेलायत र अमेरिकामा केन्द्रित रहेको शैक्षिक संस्था र परामर्शदाता हो । यसले नेपाली विद्यार्थीहरुलाई उनीहरुको शैक्षिक लक्ष्यहरु प्राप्त गर्न मदत गर्नमा महत्वपूर्ण भूमीका खेलेको छ र सही मार्गदर्शन प्रदान गरे वापत धेरै अन्तर्राष्ट्रिय कलेजहरुबाट “उत्कृष्ट परामर्शदाता पुरस्कार प्राप्त“ गरेको छ ।