निर्धन उत्थान लघुवित्तको एजीएम आज, लाभांश वितरण मुख्य एजेन्डा |
काठमाडौं । निर्धन उत्थान लघुवित्तले एजीएम आज (फागुन १२ गते) बस्दैछ । सभा यस संस्थाको केन्द्रीय कार्यालय नक्साल भगवतीबहाल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्षको नाफाबाट १९% बोनस सेयर र कर प्रयोजनका लागि १% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ । यस्तै, यस संस्थाको प्रबन्धपत्र संशोधन गर्न परेमा त्यसको सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिले तोकेको व्यक्तिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।
यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।
सभा प्रयोजनका लागि संस्थाले फागुन २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन १ गते सम्म नेप्सेमा सेयर खरिद गरी कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।