सिभिल बैंकलाई प्राप्ति गरेपछि हिमालयन बैंकले भोलिदेखि एकिकृत कारोबार थाल्ने |
काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि भोलि फागुन १२ गतेदेखि एकिकृत कारोबार थाल्ने भएको छ । प्राप्ति गर्ने सम्बन्धी सम्पुर्ण कार्य सम्पन्न भई भोलिदेखि हिमालन बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार गर्ने भएकाे हाे ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंकको शेयर कारोबार रोक्का गरेको छ । सिभिललाई हिमालयन बैंकले प्राप्ति गरेर एकिकृत कारोबार थाल्ने भएपछि शेयर कारोबार रोक्का गरेको हो ।
नेप्सेले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार फागुन १२ गतेदेखि लागु हुनेगरी सिभिल बैंकको शेयर कारोबार रोक्का गरेको हो ।