पूर्वसचिव पुडासैनी कृषि विकास बैंकको अध्यक्षमा नियुक्त |

काठमाडौं । पूर्व राजस्व सचिव रामशरण पुडासैनी कृषि विकास बैंकका अध्यक्ष भएका छन् । बुधबार बसेको कृषि विकास बैंकको सञ्चालक समिति बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो ।
यसअघि अर्थ मन्त्रालले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो । अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेका पुडासैनी गत साउन २४ गते सेवा निवृत्त भएका थिए ।