जगदम्बा स्टील्सले प्रिमियममा आइपीओ जारी गर्ने, चैत १ गते बोलायो एजीएम |
काठमाडौं । जगदम्बा स्टील्सले प्रिमियम भाउमा आइपीओ जारी गर्ने प्रस्तावसहित चैत १ गते वार्षिक साधारण सभा बोलाएको छ । यसका साथै, सभामा बोनस सेयर प्रस्ताव पारित गर्ने र अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
कम्पनीले सभामार्फत बैंक ऋण अनुमोदन तथा स्वीकृत गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, संस्थापक सेयरधनी समूहबाट सञ्चालकहरुको निर्वाचन गर्नेलगायत एजेन्डा पनि पेश गर्नेछ । साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ ।