सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो |
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार कारोबार गरिएको मूल्य नै आज पनि तोकिएको हो ।
महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँ रहेको छ ।
सुनको मूल्य स्थिर रहेपनि चाँदीको मूल्य भने आज बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएकोमा आज पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।