युनिक नेपाल लघुवित्तले चैत ४ गते डाक्यो एजीएम |
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चैत ४ गते वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा होटल सेन्ट्रल प्लाजा, कोहलपुर न.पा. वडा –४ बाँकेमा बिहान १० बजेबाट सुरु हुनेछ । संस्थाले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन् । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।
साथै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । संस्थापक सेयरधनीहरुबाट ४ जना तथा सर्वसाधारण सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।
त्यसका साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने, तथा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ । सभा प्रयोजनका लागि संस्थाले फागुन २२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन २१ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।