२७ कम्पनीको साढे १३ अर्ब रुपैयाँ बराबरको आईपीओ आउँदै |
काठमाडौं । विभिन्न २७ वटा कम्पनीहरू प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि पाइपलाइनमा रहेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार विभिन्न २७ कम्पनीहरू आईपीओ निष्कासनका लागि सेबोनमा निवेदन दिएर स्वीकृतिको पर्खाइमा छन् ।
सेबोनका अनुसार यसरी स्वीकृतिको पर्खाइमा रहेका कम्पनीहरूको १३ अर्ब ६२ करोड ३५ लाख ७ हजार २६० रुपैयाँ बराबरको ८ करोड ३ लाख ८९ हजार ८१६ कित्ता प्रारम्भिक शेयर निष्कासन हुनेछ ।
सेबोनमा आईपीओ निष्कासनको लागि स्वीकृतिको पर्खाइमा रहेका दुई कम्पनीले बुक बिल्डिङ विधिबाट शेयर बिक्री गर्ने भएका छन् । जसमा सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्न अनुमति मागेका हुन् । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ मार्फत २४ लाख कित्ता शेयर निष्कासनको तयारीमा छ । सर्वोत्तमको शेयर प्रतिकित्ता ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँसम्म तोकिएको छ ।
त्यस्तै, आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा दुई वटा बिमा कम्पनी, १२ वटा हाइड्रोपावर र अन्य समूहअन्तर्गत रहेका मुक्तिनाथ कृषि कम्पनी, नेपाल वायरिङ हाउस, डिस मिडिया नेटवर्क, ट्रेड टावर, एक्वर्ड फर्मास्युटिकल्स लिमिटेड र नेपाल रिपब्लिक मिडिया नेटवर्क लगायतका कम्पनीहरू रहेका छन् ।
सेबोनका अनुसार रिलायन्स स्पाइनिङ मिल्सले बुक बिल्डिङ मार्फत शेयर निष्कासन गर्न लागेको छ । जसले ७ लाख ७० हजार ६४० कित्ता बिक्रीमा ल्याउन लागेको हो । यसको शेयर मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म तोकिएको छ ।
त्यस्तै, ट्रेड टावर लिमिटेडले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार कित्ता शेयर निष्कासनको तयारी गरेको छ । सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले पनि एक अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । त्यसैगरी, मुक्तिनाथ कृषि कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर आइपिओ निष्कासन गर्ने तयारीमा रहेको छ ।
त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्स १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख आइपिओ निष्कासन गर्ने तयारीमा रहेको छ । यस आईपीओको प्रतिकित्ता ११२ रुपैयाँ प्रिमियमसहित २१२ रुपैयाँ मूल्य रहने जनाइएको छ । त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्स पनि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेको छ ।
त्यसैगरि, नेपाल वायरिङ हाउस कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार रुपैयाँ कित्ता आईपीओ जारी गर्न सेबोनको स्वीकृतिको पखाईमा रहेको छ । त्यस्तै, नेपाल रिपब्लिक मिडिया लिमिटेडले पनि ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता आईपीओ जारी गर्न बोर्डमा निवेदन दिएको छ ।
त्यसैगरी, डिस मिडिया नेटवर्क लिमिटेड आइपिओ बिक्रीका लागि सेबोनबाट स्वीकृतिको पर्खाइमा रहेको छ । यस कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता शेयर निष्कासन गर्नेछ । एक्वर्ड फर्मास्युटिकल्सले पनि ७ करोड ७ लाख ९० हजार ९ सय रुपैयाँ बराबरको ७ लाख ६ हजार ९०९ कित्ता शेयर जारी गर्ने छ ।
सेबोनका अनुसार हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको १४ करोड ६२ लाख ५० रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासनको पर्खाइमा रहेका छन् । त्यस्तै, सिटी होटल्सको १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेको छ । सेबोनबाट स्वीकृति प्राप्त भएपछि यी कम्पनीहरूको आईपीओका लागि थप प्रक्रिया अघि बढ्नेछ ।
घोराही सिमेन्ट इन्डष्ट्रिजले स्थानीयका लागि प्रतिकित्ता ४ सय रुपैयाँ र सर्वसाधारणका लागि प्रतिकित्ता ४३५ रुपैयाँका दरले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ ।
पाइपलाइनमा १२ हाइड्रोपावर
सेबोनका अनुसार १२ वटा हाइड्रोपावर कम्पनीहरू आईपीओको पर्खाइमा रहेका छन् । जसमा मिड सोलु हाइड्रोपावर कम्पनीले १४ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको १४ लाख ९६ हजार ८ सय कित्ता आईपीओ जारी गर्ने भएको छ ।
त्यस्तै, आईपीओ निष्कासनको पाइपलाइनमा रहेको मनकामना इन्जिनियरिङ हाइड्रोपावरले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले कुल २५ करोड रुपैयाँ बराबरको ७२ लाख २५ हजार कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ ।
सेबोनका अनुसार आईपीओ निष्कासनको पाइपलाइनमा रहेको चिख्र्वा हाइड्रोपावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । त्यस्तै, मोदी इनर्जी लिमिटेडले कुल ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ ।
सेबोनका अनुसार अप्पर स्याङगे हाइड्रोपावरको ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० हजार कित्ता, रावा इनर्जीको ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता र कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडले २ करोड ४३ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको दुई लाख ४३ हजार ७३५ कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।
त्यस्तै, अपर लोहरे हाइड्रोपावर कम्पनीले २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता र थ्री स्टार हाइड्रोपावर कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
सेबोनका अनुसार भगवती हाइड्रोपावर रे प्रिमियममा आईपीओ जारी गर्न पाइपलाइनमा रहेका छन् । कम्पनीले १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपौयँ बराबरको १४ लाख ३० हजार १६२ कित्ता आईपीओ जारी गर्ने छ । भगवती हाइड्रोपावरको मूल्य प्रतिकित्ता १६ रुपैयाँ प्रिमियम सहित ११६ रुपैयाँ रहेछ ।
त्यस्तै, माण्डु हाइड्रोपावर कम्पनीले ४० करोड ५८ लाख १९ हजार ७६० रुपैयाँ बराबरको १६ लाख ३६ हजार ३७० रुपैयाँ बराबरको कित्ता आईपीओ जारी गर्ने भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता १४८ रुपैयाँ प्रिमियम सहित २४८ रुपैयाँ रहेछ ।