नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत |
काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्कासन गरिएको कुल रू. १५ अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो ।
२०८४ ‘झ’ नामक विकास ऋणपत्र चार वर्ष अवधिको लागि रू. ८ अर्ब बराबरको र २०८४ ‘ञ’ नामक विकास ऋणपत्र पाँच वर्ष अवधिको रू. ७ अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो ।
राष्ट्र बैंकले २०८४ ‘झ’ नामक विकास ऋणपत्र वार्षिक ९ दशलमव ५० प्रतिशत ब्याजदरमा माघ १८ गते निष्कासन गरेको थियो । यसको साँवा भुक्तानी २०८४ माघ १८ गते हुनेछ ।
त्यसैगरी २०८४ ‘ञ’ नामक विकास ऋणपत्रको वार्षिक ८ दशलमव ९८ प्रतिशत ब्याजदरमा माघ २५ गते निष्कासन भएको थियो । ऋणपत्रको साँवा भुक्तानी २०८४ माघ २५ गते हुनेछ ।